दफा ३७
कोषको लेखा
(१) कोषले आफ्नो प्रचलित कानून बमोजिम महालेखा परीक्षकले तोकेको ढाँचामा नेपालीमा रितपूर्वक खडा गरी राख्नु पर्नेछ । कोषले आफनो सुविधाको लागि नेपाली साथै अंग्रेजी भाषामा पनि लेखा राख्न सक्नेछ । तर सो बमोजिम दुईवटा लेखा राखिएकोमा नेपालीमा राखिएको लेखा नै आधिकारिक लेखा मानिनेछ ।
(२) उपदफा (१) बमोजिम राखिने लेखामा कोषको काम कारवाहीको वास्तविक स्थिति यथार्थ थाहा हुने गरी कोषले गरेको लगानी, दिए लिएको ऋण तथा आर्थिक कारोबार, प्रत्येक आम्दानी खर्चको व्यहोरा, मालसामानहरूको खरीद बिक्री र कोषको जायजेथा र दायित्वको विस्तृत विवरण स्पष्ट रुपमा खोली लेखिएको हुनु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि कोषले सञ्चालन गरेको लगानीकर्ता हिसाब योजना र नागरिक एकाङ्क योजनाको लेखा छुट्टा छुट्टै राख्नु पर्नेछ ।
(४) नेपाल सरकारले स्वीकृति दिएकोमा बाहेक यस दफा बमोजिमको लेखा कोषको कार्यालयमा बाहेक अन्यत्र राख्न पाइने छैन र सञ्चालकले सो लेखा निरीक्षण गर्न चाहेमा जहिले सुकै पनि निरीक्षण गर्न सक्नेछ ।
(५) समितिले तोकिदिएको रकम बाहेक कोषको अरू नगद मौज्दात वाणिज्य बैङ्क भएको ठाउँमा कुनै वाणिज्य बैङ्कमा नै राख्नु पर्नेछ ।
(६) कोषले प्रत्येक तीन तीन महीनामा आफ्नोे शाखाहरुबाट हिसाबको फाँटवारी मगाई अद्यावधिक गरी राख्नु पर्नेछ ।